Banijya News

साउनमा शिवको आराधना गर्देहुनुहुन्छ ? यस्तो छ ॐ नमः शिवायको अर्थ

1
1.1K Shares

साउन महिना भगवान् शिवजीको विशेष पूजा, आराधना गर्ने महिनाका रुपमा हेरिन्छ । शिवको आराधना गर्ने परम्परा अनुसार देशभरका शिवालयमा भक्तजनको भीड देखिदै आएको छ । राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत देशभरका महादेव मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेको छ । यसैगरी देशभरका अन्य शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ। साउनको सोमबारको व्रत गर्ने भक्तजनले पाँच वटै सोमबारको व्रत पूरा गरी उद्यापनका लागि अन्तिम सोमबार गोदान र पूर्णपात्र गर्ने विधि रहेको छ । यसरी शिव मन्दिरमा जाँदा ॐ नमः शिवाय भगवान शिवमा समर्पित मन्त्र हो । शैव धर्म मान्नेहरुको लागि यो अत्यन्त महत्वपूर्ण मन्त्र पनि मानिन्छ ।

हिन्दू धर्म मान्ने सबैका लागि पनि यो मन्त्रले उत्तिकै महत्व राख्दछ । ॐ नमः शिवायको मन्त्र हजारौँ वर्षदेखि जपिँदै आएको मन्त्र हो । यर्जुवेदको श्री रुद्रम भजनमा ॐ नमः शिवायको मन्त्र उल्लेखित छ । यो मन्त्रको अर्थ “शिवको आराधना गर्दछु” वा “शिवको नमन गर्दछु” हो भन्दै शिवलाई अद्वितिय सत्य मान्ने गरिन्छ । ॐ नमः शिवाय भन्दा सबै श्लोकको अगाडिको एक एक अक्षर मात्र उच्चरण गर्ने गरिएको हो ।ज्योतिषशास्त्रका अनुसार ॐ नमः शिवाय मन्त्रले ग्रहदशाबाट उन्मुक्ति प्रदान गर्दछ

शिव पञ्चाक्षर स्तोत्र— शब्द र अर्थ यसरी ब्याख्या गरिएको छ ।

नागेन्द्रहाराय त्रिलोचनाय
भस्माङ्गरागाय महेश्वराय ।
नित्याय शुद्धाय दिगम्बराय
तस्मै नकाराय नमः शिवाय

शिव— जसको घाँटीमा नागराज मालाको रूपमा रहेका छन् अनि जोसँग तेस्रो नेत्र छ,
जसको शरीरमा पवित्र खरानी (भस्म) लगाइएको छ अनि जो महान् ईश्वर हुनुहुन्छ,
जो शाश्वत हुनुहुन्छ, जो पूर्ण पवित्र हुनुहुन्छ अनि जसले चारवटै दिशाहरूलाई आफ्नो वस्त्रको रूपमा धारण गर्नुहुन्छ,
शिवलाई प्रणाम, जसलाई ’न’ अक्षरले सम्बोधन गरिन्छ !

न्दाकिनीसलिलचन्दनचर्चिताय
नन्दीश्वरप्रमथनाथमहेश्वराय ।
मन्दारपुष्पबहुपुष्पसुपूजिताय
तस्मै मकाराय नमः शिवाय

शिव— जसको मन्दाकिनी नदीको जलबाट पूजा हुन्छ अनि चन्दनको लेप लगाइन्छ,
जो नन्दी र भूत–पिशाचहरूको स्वामी हुनुहुन्छ, जो महान् ईश्वर हुनुहुन्छ,
जो मन्दार र थुप्रै अन्य फूलहरूबाट पुजिनुहुन्छ,
शिवलाई प्रणाम, जसलाई ’म’ अक्षरले सम्बोधन गरिन्छ !

शिवाय गौरीवदनाब्जबृंदा
सूर्याय दक्षाध्वरनाशकाय ।
श्रीनीलकण्ठाय वृषध्वजाय
तस्मै शिकाराय नमः शिवाय

शिव— जो शुभ हुनुहुन्छ अनि उदाउँदै गरेको सूर्य समान हुनुहुन्छ, जसबाट गौरीको अनुहारमा चमक छाएको छ,
जसले दक्षको यज्ञ भङ्ग गरी संहार गर्नुभएको थियो,
जसको कण्ठ निलो छ अनि जोसँग प्रतीकको रूपमा नन्दी (साँढे) छ,
शिवलाई प्रणाम, जसलाई ’शि’ अक्षरले सम्बोधन गरिन्छ !

शिष्ठकुम्भोद्भवगौतमार्यमूनीन्द्र देवार्चिता शेखराय ।
चन्द्रार्कवैश्वानरलोचनाय
तस्मै वकाराय नमः शिवाय

शिव— जो श्रेष्ठ र सबैभन्दा बढी सम्मानित सन्तहरू जस्तै वशिष्ठ, अगस्त्य र गौतम अनि देवताहरूद्वारा समेत पूजित हुनुहुन्छ,
अनि जो ब्रह्माण्डको मुकुट हुनुहुन्छ,
जसले चन्द्रमा, सूर्य अनि अग्निलाई तीन चक्षुको रूपमा धारण गर्नुभएको छ,
शिवलाई प्रणाम, जसलाई ’वा’ अक्षरले सम्बोधन गरिन्छ !

ज्ञस्वरूपाय जटाधराय
पिनाकहस्ताय सनातनाय ।
दिव्याय देवाय दिगम्बराय
तस्मै यकाराय नमः शिवाय

शिव— जो यज्ञ स्वरूप हुनुहुन्छ अनि जसको जटाहरू छन्,
जसको हातमा त्रिशूल छ अनि जो शाश्वत हुनुहुन्छ,
जो दिव्य हुनुहुन्छ, जो चमकिलो हुनुहुन्छ अनि चार दिशाहरू उहाँको वस्त्रको रूपमा रहेका छन्,
शिवलाई प्रणाम, जसलाई ’य’ अक्षरले सम्बोधन गरिन्छ !

ञ्चाक्षरमिदं पुण्यं यः पठेच्छिवसंनिधौ ।
शिवलोकमावाप्नोति शिवेन सह मोदते

जो–जसले शिवको समीपमा रहेर यस पञ्चाक्षर पाठ गर्छन्,
ती शिवको निवास पुग्छन् अनि आनन्दित बन्नेछन् !

1

Scroll to Top