Banijya News

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

1
1.0K Shares

कुमारी बैंकले १ लाख १५ हजार २१६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले भरत प्रसाद तिमल्सिनाका नाममा रहेको १ लाख ९ हजार ९६२ कित्ता र राम बाबु प्रसाद शाहको नाममा रहेको ५ हजार २५४ कित्ता गरी कुल १ लाख १५ हजार २१६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने छ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज कात्तिक १३ गतेदेखि ३५ दिनभित्र आवेदन दिनु पर्ने छ ।

बैंकको संस्थापक सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । बैंकको सेयरमा संस्थापक सेयरधनी बाहेक अन्य व्यक्ति, संस्था, वा कम्पनीले आवेदन दिन पाउने छैनन् ।

बोलपत्र आवेदन फाराम बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नक्साल, नागपोखरीबाट प्राप्त गर्न सकिनेछ ।

1

Scroll to Top