Banijya News

भारतले नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने

1
1.1K Shares

भारतले नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने भएको छ । भारतबाट तत्कालका लागि २५ हजार मेट्रिक टन चिनी आउने जानकारी प्राप्त भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताएका हुन् ।

बजारमा चिनीको अभाव देखिएपछि नेपालले भारतलाई चिनीमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको थियो ।
उनका अनुसार भारतबाट जीटूजी (सरकार) मार्फत चिनी आउन लागेको हो ।

जीटूजीमार्फत आउन लागेकाले नेपालले चाहेको समयमा यो परिमाणको चिनी खरिद गरेर ल्याउन सक्नेछ । भोलि शनिवार र पर्सि आइतवार भारतमा सरकारी बिदा हुने भएकाले त्यसपछि मात्र चिनी आयात हुने सम्भावना छ । भारतबाट चिनी आएपछि अहिलेको भन्दा भाउ केही सस्तो हुनेछ । अहिले बजारमा कालोबजारीसँगै चिनीको कृत्रिम अभाव भइरहेको छ ।

चाडपर्वको मौका छोपेर केही व्यापारीले चिनी लुकाएको आशङ्का गरिएको छ । सरकारले चिनीका गोदामहरुमा छापा मार्न प्रहरीलाई निर्देशन दिइसकेको छ । यस्तै, चिनीको अभाव हटाउन उद्योगीहरुसँग मौज्दातमा रहेको चिनी पनि बजार पठाउन थालिएको छ ।

1

Scroll to Top