Banijya News

सिडिएस एण्ड क्लियरिङले गर्यो सत प्रतिशत लाभांश वितरणको घोषण

1
1.1K Shares

हाल विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले सामान्य लाभांश वितरण गर्न नसकेको अवस्थामा सिडिएस एण्ड क्लियरिङ लिमीटेडले भने सत प्रतिशत लाभांश वितरण गर्ने घोषण गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट १०० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अगाडि बढाएको हो ।

कम्पनीले उक्त लाभांश वितरणको प्रस्ताव पारित लगायतको अजेण्डासहित साधारणसभा गर्ने निर्णय गरेको छ ।

सभा पुष २६ गते काठमाण्डौको पुतलीसडकस्थित सेयर मार्केट्स कमर्सियल कम्प्लेक्सको दोश्रो तलामा हुने भएको छ ।

सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९÷८० को लेखारीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीमाथि छलफल गरी पारित गर्ने,साथै चालु आर्थिक वर्षको लेखापरीक्षण गर्न महालेखापरीक्षक कार्यालयको सिफारिस मुताबिक लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छ ।

1

Scroll to Top