Banijya News

मुक्तिनाथ विकास बैंकले लाभांश वितरण गर्दै

1
1.1K Shares

मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७९÷८० सम्मको सञ्चित मुनाफाबाट लाभांश वितरणको घोषणा गरेका हो ।

पुष ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल चुक्ता पुँजीको ९.७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

यसैगरी, सोको कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांशसहित कम्पनीले कुल १०.२६ प्रतिशत लाभांश घोषणा गरेको हो । यसअघि गत आर्थिक वर्ष २०७८÷७९ मा बैंकले १४.२१०५ प्रतिशत बोनस र २०७७÷७८ मा १८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिती भने तय गरेको छैन ।

1

Scroll to Top