Banijya News

एनआईसी एशिया लघुवित्तको सञ्चालक पदमा ढकाल नियुक्त

1
1.1K Shares

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक पदमा दिपक ढकाल नियुक्त भएका छन् । संस्थाको शुक्रबार सम्पन्न भएको साधारण सभामा ढकाल निर्विरोध निर्वाचित भएका हुन् ।

बैंकिङ्ग क्षेत्रमा लामो समय देखि कार्यानुभव रहेको ढकाल एनआइएसी एशिया बैंक लिमिटेडमा प्रमुख जोखिम अधिकृतमा कार्यरत छन् ।
उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाले जनाएको छ । नवनियुक्त सञ्चालक ढकालले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका हुन् ।

साथै,सभाले संस्थाको शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी, सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०७९ ÷ ८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

 

1

Scroll to Top