Banijya News

सर्वसाधारणका लागि प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

1
1.1K Shares

प्रभु बैंकले सर्वसाधारणका लागि १७ लाख ७१ हजार ७३५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले उक्त सेयर खरिदको लागि पहिलो प्राथकिमता संस्थापक सेयरधनीहरुलाई दिएको थियो । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेकोले आम सर्वसाधारणका लागी आवेदन खुलाइएको हो ।

उक्त कित्ता सेयर खरिदका लागि आज पुस ८ गतेदेखि १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाण्डौंमा आवेदन दिनु पर्ने छ।

1

Scroll to Top