Banijya News

नेपाल इन्भेष्टमेण्टले बचत खाताको बीमा सुविधा बन्द गर्दै

1
1.1K Shares

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बचत खाता योजनाको विशेषता संसोधन गरेको छ । बैंकले विभिन्न बचत खातामा प्रदान गर्दै आएको बीमा सुविधा अबदेखि बन्द गर्न लागेको जनाएको छ ।

बैंकले प्रदान गर्दै आएको उक्त बीमा सुविधा पुस १६ गतेदेखि बन्द गर्ने जानकारी दिएको छ । बैंकले कर्पोरेट बेनिफिट बचत खाता, प्रोफेसनल कर्मचारी बचत खाता र प्रबर्धक बचत खाताको यो सुविधालाई बन्द गरे पनि अन्य विशेषताहरु यथावत राखि खातावाला ग्राहकलाई प्रदान गर्ने छ ।

साथै, उक्त बचत खाता संचालन गरिरहेका ग्राहकले खाताको योजना परिवर्तन गर्न चाहेमा बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न सुझाव बैंकले दिएको छ।

1

Scroll to Top