Banijya News

प्राधिकरणले काट्यो थप १४ उद्योगको बिजुली, कुनको कति बक्यौता ?

1
1.1K Shares

बक्यौता महसुल नतिर्ने उद्योगको लाइट काट्न थालेको नेपाल विद्युत प्राधिकरणले अन्य उद्योगको पनि लाइट काट्न थालेको छ । प्राधिकरणले शुक्रवार थप बक्यौता नतिर्ने थप १४ उद्योगको बिजुली काटेको छ । प्राधिकरणले पाँच करोड रुपैयाँभन्दा बढी बिद्युत् बक्यौता भएका उद्योगको विद्युत् लाइन काटेको हो । पहिलो चरणमा एक अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका चार वटा उद्योग र त्यसपछि पाँच गरी नौ उद्योगको लाइन काटिएको प्राधिकरणले शुक्रबार थप १४ उद्योगको लाइन काटिएसँगै २३ वटा उद्योग पुगेका छन् । गत पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकको लाइन काट्न शुरु गरिएको छ ।

विगतमा डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियमसहितको महसुल नतिरेका उद्योगको विद्युत आपूर्ति बन्द गरिएको प्राधिकरणले जनाएको छ ।
यस्ता छन् शुक्रवार बिद्युत कटौत गरिएका उद्योगको विवरण :

  1. नारायणी स्पात (७८ करोड ४९ लाख रुपैयाँ)
  2. जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ)
  3. जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ)
  4. एभरेस्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ)
  5. कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ)
  6. शुभश्री अग्नी सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ)
  7. बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ)
  8. निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ)
  9. त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ)
  10. हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ)
  11. हिमाल आइरन एन्ड स्टील (आठ करोड १३ लाख रुपैयाँ)
  12. घराना फुड्स (पाँच करोड नौ लाख रुपैयाँ)
  13. सिद्धार्थ पेटप्लास्ट (पाँच करोड २४ लाख रुपैयाँ)
  14. बाबा जुट मिल (पाँच करोड ६१ लाख रुपैयाँ)
1

Scroll to Top