मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा डाकेको छ।
गत पुस १२ गते बसेको संस्थको सञ्चालक समितिको बैठकले आगामी पुस २८ गते बिहान १०ः३० मा सभा गर्ने निर्णय गरेको हो ।
सभा काभ्रे जिल्लाको बनेपा नगरपालिकामा रहेको पुतली घर रिसोर्टमा आयोजना हुनेछ ।
सभामा मानुषि र श्रृजनशिल लघुवित्तबीच गाभ्नेरगाभिने सम्बन्धी सञ्चालक समितिको प्रस्ताव पारित गरिनेछ ।
यस प्रयोजनका लागि तोकिएको मूल्यांकनर्ताबाट दुवै संस्थाको सम्पत्ति,दायित्व तथा कारोबार मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात९स्वाप रेसियो० स्वीकृत गरिनेछ ।
यस्तै, सभामा मर्जर सम्बन्धी समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरुको अनुमोदन गर्ने प्रस्ताव रहेको छ । साथै, मर्जरपश्चात कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
मानुषी लघुवित्तले आगमी पुस २२ गते विशेष साधारण सभा प्रयोजन एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।


