Banijya News

बढेर आयो इन्धनको मूल्य : निगमले राख्यो मूल्य यथावत

1
1.1K Shares

नेपाल आयल निगमले हालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको निर्णय अनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको हो ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज डिजेलको मूल्यमा प्रतिलिटर ०.१२ रुपैयाँ र एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर ०.२० रुपैयाँ घटेर आएको छ। तर, पेट्रोलको मूल्यमा प्रति लिटर ०.४१ रुपैयाँ बढेर आएको छ।
पेट्रोलियम पदार्थको हकमा निगमको डिपो / कार्यालयदेखि १५ किलोमिटर तथा एल. पी. ग्यासको हकमा उद्योगदेखि ५० किलोमिटरसम्मका लागि खुद्रा बिक्री मूल्य यथावत् रहेको छ ।

1

Scroll to Top