Banijya News

महासंघको साधारण सभामा भारतीय लगानीकर्ता आउँने

1
1.1K Shares

नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको उद्घाटन समारोहमा भारतीय लगानीकर्ता आउने भएका छन् । महासंघको साधारण सभामा भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देसिग्नेट संजीव पूरी वक्ताका रुपमा रहने महासंघले जनाएको छ । सभामा भाग लिन पुरीको नेतृत्वमा भारतीय लगानीकर्ताहरु सहभागी हुनेभएपछि महासंघका पदाधिकारी समेत उत्साहित भएका छन् ।

महासंघले यस पटक आर्थिक सुधारका लागि राजनीतिक प्रतिबद्धता खोज्दै अगाडि बढने रणनीति लिएको छ । महासंघको साधारण सभा चैत्र २८ गते बुधबार तय भएको छ ।

1

Scroll to Top