सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा ल्याइएको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको १ लाख १४ हजार ६१२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन् ।
इच्छुक विद्यमान संस्थापकहरुले जेठ १ गते भित्र बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन सक्ने छन् ।
सेयरको न्यूनतम मूल्य प्रति सेयर २७५ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा सेयर खरिदको लागि आवेदन दिन चाहेमा भिन्दा भिन्दै शिलबन्दी खाम भित्र आवेदन दिनुपर्नेछ ।
बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ । निष्काशन गरिएको सेयरका लागि लिलाम बढाबढ गर्दा सबै सेयर खरिदका लागि दरखास्त नपरे पनि निवेदन परेको सेयर सम्बन्धित निवेदकलाई बांडफांड गरी बाँकी रहेको सेयर पुनः लिलाम बढाबढ गरी बिक्री गर्न सकिने कम्पनीले जनाएको छ ।


