Banijya News

काँग्रेसको चियापान चिनियाँ राष्ट्रपति आउनाले ओझेलमा

1
1.1K Shares

नेपाली काग्रेसले कोजाग्रत पूर्णिमा दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । काग्रेसले यस वर्ष पनि सदझै परम्परालाई निरन्तरता दिँदै विजयादशमी, तिहार, नेपाल संवत, छठलगायत पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन अपराह्न १ देखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको हो ।
विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्री, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, सञ्चारकर्मीलगायत विशिष्ट महानुभाव एवं शुभेच्छुकको सहभागिता रहेको छ ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसमा उत्साह देखेको बताएका छन् । उनले कांग्रेसको निम्तोमा आउँदा सहयात्रीकोमा आएको जस्तो लागेको र कांग्रेसमा उत्साह देख्दा खुशी लागेको बताए । ‘चियापानमा आउँदा कांग्रेसमा उत्साह देखेँ । मलाई यहाँ आउँदा सहयात्रीकोमा आएजस्तो लाग्छ’ उनले भने ‘हेर्दै जाऔं्र राजनीतिले कस्तो कोल्टे फेर्छ ?’अधिल्ला बर्षमा निर्कै चर्चा हुने गरेको चियापान यो बर्ष भने सो अनुसारको चार्चा भने पाएन् ।

1

Scroll to Top