नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ। सुन आज तोलामा २ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएकोमा आज प्रतितोला छापावाल सुन ९४ हजार ५०० रुपैयाँ र तेजाबी ९४ हजार रुपैयाँ कायम भएको छ।
आज बिहीबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य प्रतितोला ११७५ रहेको महासंघले जनाएको छ । हिजो बुधबार चाँदीको भाउ १५ रुपैयाँले बढेर तोलाको १ हजार १९० रुपैयाँ कायम भएको थियो।


