Banijya News

मदिराको कारोवार ठप्प हुँदा मासिक २ अर्व बराबरको कारोवार गुम्यो

1
1.0K Shares

बैंशाख २६, काठमाडौँ–
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा उपचारका लागि सरकारले गरेको लकडाउन बढदै जाँदा मदिराको उत्पादन तथा विक्री ठप्प भएको छ । यस्ले मदिरा उद्योगमा भएको अबैको लगानी के भन्ने प्रश्न उठ्न थालेको छ ।
लकडाउन अवधिमा सरकारले खाद्यन्न, तरकारी, ग्यास, इन्धन लगायतका अत्यावश्यक वस्तुमा रोक नलगाए पनि कलकारखाना, व्यापार व्यवसाय, उद्योगधन्दा लगायतका सबै क्षेत्र ठप्प छन् । लकडाउनका समयमा मदिराको उत्पादन मात्र होइन त्यस्को खपत पनि शून्य छ । अहिले यस संकटमा दर्जनौँ मदिरा उद्योग, हजारौँ संख्यामा रहेका विक्री गर्ने डिलरहरु समेत बन्द रहेका छन् ।
सरकारले मदिरा विक्री गर्ने खुद्रा पसलमा समेत मदिराजन्य पदार्थ विक्री गर्न रोक लगाएको हुँदा बियर, वाइन लगायतका मदिराजन्य वस्तुहरुको विक्री बन्द छ । निश्चित उपभोग्य मिति हुने यस्ता बस्तुमा रोक लगाउँदा स्कटमा समेत समस्या देखिएको छ ।

मासिक दुई अर्व बराबर विक्री हुने मदिराको खपत शुन्य मात्र भएको छैन उत्पादन र विक्री ठप्प भएपछि करिब एक लाख मजदूर तथा उनीहरुमा आश्रित परिवार समेत विचल्लीको अवस्थामा पुगेका छन् ।

खैनी, चुरोट र मदिरा लगायतबाट नेपालको राजस्वमा ३५ प्रतिशत र त्यसको आधा मदिराबाट राजस्व जाने गरेको छ । यो भनेको एक सय रुपैयाँको उत्पादनबाट ६० रुपैयाँ सरकारलाई जान्छ । यसबाट डेड महिनाको अवधिमा ८० मदिरा उद्योगले बुझाउने झण्डै १ खर्व ८० अर्व जति राजस्ब समेत राज्यले गुमाएको छ ।
लकडाउनले गर्दा लाखौँले रोजगारी गुमाउने तथा खर्बौको लगानी डुब्ने खतरा रहेको मदिरा उत्पादन संघका अध्यक्ष रवि केशी बताए । उनले भने, ‘कामदारले रोजगारी गुमाए उनीहरुको बिचल्ली हुन्छ । र देशलाई आर्थिक संकट पनि हुन्छ ।’
लकडाउनले सिर्जना गर्ने आर्थिक संकटलाई मध्यनजर गर्दै मदिरा उत्पादन संघको संस्था नेपाल पेय पदार्थ संघले सुरक्षाका उपाय अपनाइ र सामाजिक दूरी काय गरी निश्चित समयका लागि मदिरा विक्री कक्षहरु खोल्न केहि दिनअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र बुझाएको थियो । त्यो पत्रको कुनै सुनुवाई नहुँदा उद्योगी मारमा परेको केशीको भनाई छ ।

1

Scroll to Top