प्रधानमन्त्री ओली ग्रण्डी अस्पतालमा
३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि ग्राण्डी अस्पताल पुगेका छन् । यस अगाडि पनि नेपालमा उपचार गराउँदा ग्राण्डी अस्पताल पुग्ने गरेका ओली बुधबार विहान पुन उपचारको लागि पुगेका हुन् । मिर्गौला प्रत्यारोपणपछि नियमित औषधि खाँदै आएका नियमित स्वास्थ्य जााचका लागि अस्पताल गएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जानकारी दिए ।
यसअघि प्रधानमन्त्री ओलीले सिंगापुरमा प्लाज्मा फेरोसिस गरेर फर्किएका थिए। उनको सिंगापुरमा ६ पटकसम्म प्लाज्मा फेरोसिस गरिएको थियो। सिंगापुरमा प्लाज्मा फेरोसिस गरेर ओलीको शरीरमा जम्मा भएको एन्टी बडी नष्ट गरिएको थियो। ओली सिंगापुरमा दुई हप्ता लामो उपचारपछि पछिल्लो पटक गत भदौ २० गते काठमाडौं फर्किएका थिए। त्यसपछि ओलीले सिंगापुरमा उपचारका क्रममा मुटुमा राखिएको पाइप महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगेर झिकेका थिए। उनको नेपालमा पनि नियमित चेक चलिरहेको छ। दशैंका बेला पनि ओली ग्रान्डी अस्पताल गएका थिए। सिंगापुरबाट फर्किएपछि सैनिक अस्पताल छाउनीमा ओलीको मिर्गौलाको एक पटक बायोस्पी गरिएको स्रोतले जनाएको छ। प्रधानमन्त्रीका निजी चिकित्सक डा. अरुण सायमीका अनुसार स्वास्थ्यमा जटिलता थपिएको छैन।
पछिल्लो दुई पटकको चेकजाँचका लागि ओली ग्रान्डीमा जाने गरेका छन्। यसअघि दशैँका बेला पनि ओलीले ग्रान्डी पुगेर मिर्गौलाको परीक्षण गरेका थिए। १२ वर्षअघि ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो।
प्रतिकृया दिनुहोस्