सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । लगातार चार दिन रेकर्ड मूल्य कायम गरेको सुनको मूल्य आज भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य २०० रुपैयाँले घटेको छ । आज प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३६ हजार ६०० रुपैयाँ तोकिएको छ । बुधबार एक तोला छापावाला सुनको मूल्य १ लाख ३६ हजार ८०० रुपैयाँ तोकिएको थियो ।
यस्तै, बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बुधबार पनि सोही भाउमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३४२ दशमलव २४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ दशमलव ९५ डलरमा कारोबार भइरहेको छ ।


