August 14, 2022, Sunday
२९ श्रावण २०७९, आईतवार

लकडाउन अवधिभरको महसुल साउन ७ गते भित्र तिरेमा जरिवाना नलाग्ने

लकडाउन अवधिभरको महसुल साउन ७ गते भित्र तिरेमा जरिवाना नलाग्ने

असार २४,काठमाडौं ।
लकडाउन अवधिभरको महसुल साउन ७ भित्र तिरेमा जरिवाना नलाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले लकडाउनको समय अर्थात चैत, वैशाख, जेठ र असारको विद्युत महसुल निर्धारित समय भित्र तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १९ असारमा ७ साउन भित्रको महसुल तिरेमा सबै प्रकारका ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेका हुन् ।
सोहि निर्णयअनुसार प्राधिकरणले साउन ७ गते भित्र अर्थात निर्धारित समयमा भुक्तानी नगरेमा भने जरिवाना लाग्ने छ । सरकारले अहिलेकै रुपको लकडाउनलाई ७ साउनसम्म सम्म निरन्तरता दिएको छ । सरकारले लक डाउन अवधि लम्बाए पछि प्राधिकरणले पनि सोहीअनुसार महसुलमा जरिवाना नलाग्ने व्यवस्था गरेको हो ।

Advertisement