August 14, 2022, Sunday
२९ श्रावण २०७९, आईतवार

हजुरआमाको हत्या आरोपी हतकडी सहित फरार

हजुरआमाको हत्या आरोपी हतकडी सहित फरार

असार २५, कैलाली ।
कैलालीमा हजुरआमाको हत्या आरोपमा पक्राउ परेका एक अभियुक्त प्रहरीलाई झुक्याएर हतकडी सहित फरार भएका छन् ।
हत्या आरोपमा बुधबार पक्राउ परेका चुरे गाउँपालिका–६ भावरका २३ वर्षका गणेशबहादुर ऐर इलाका प्रहरी कार्यालय फल्टुडेबाट फरार भएका हुन् ।
खाना खाने बेला प्रहरीलाई झुक्काएर भागेका उनको खोजी भइरहेको छ । ऐर ७५ बर्षीया हजुरआमा पार्वतीदेवीको हत्या आरोपमा पक्राउ परेका थिए । मंगलबार दिउँसो फलामको रड र धारिलो हतियार प्रहार गरी हजुरआमाको हत्या गरेको प्रहरीले जनाएको छ । उनलाई ईलाका प्रहरी कार्यालय फल्टुडे नै पक्राउ गरेको थियो ।

Advertisement