Banijya News

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

1
1.1K Shares

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले कात्तिक २ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले असोज २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

जस अनुसार, आज आइतबारसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् । बैंकले कात्तिक २ गते, बिहीबार कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाण्डौंमा बिहान ११ बजे १९ औँ वार्षिक साधारण सभा डाकेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित गरी ५.७० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

1

Scroll to Top