सलहको अर्काे झुण्ड पुनः नेपाल प्रवेश गर्दै, सचेत रहन विज्ञको अनुरोध
२८ असार, काठमाडौं ।
सलह किराको नयाँ झुन्ड पुनः नेपाल प्रवेश गर्ने सम्भावना बढेको छ । सलहको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने तयारीमा रहेकोले विज्ञले यसबाट सचेत रहन अनुरोध गरेका छन् ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले झण्डै एक सय ५० हेक्टर जमिनमा फैलिएको सलहको दुई वटा ठूलो झुण्ड नेपाल प्रवेश गर्ने तयारीमा रहेको भन्दै सतर्कता अपनाउन र पूर्वतयारी गर्न अनुरोध गरेको हो ।
सलह किराको नयाँ झुण्ड हावाको बहावसँगै भारतको पूर्वतर्फ वाराणसी, मुजफ्फरपुर र दरभंगा आसपासको क्षेत्र हुँदै धनुषा, महोत्तरी, सर्लाही जिल्लाको नाकाबाट नेपाल प्रवेश गर्नसक्ने सम्भावना रहेको केन्द्रले जनाएको छ ।
शुरुमा सलह किरा भारतबाट नेपालको बारा, पर्सा नाकाबाट छिरेर नेपालका ४० भन्दा बढी जिल्लामा फैलिएका थिए । तर, पछिल्ला दिन भने सलहले केही क्षति नगरेको वा कतै झुण्ड नदेखिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए ।
प्रतिकृया दिनुहोस्