August 14, 2022, Sunday
२९ श्रावण २०७९, आईतवार

दम्पत्तिको हत्या गरी फरार व्यक्ति १४ वर्षपछि पक्राउ

दम्पत्तिको हत्या गरी फरार व्यक्ति १४ वर्षपछि पक्राउ

असार २९, काठमाडौं ।
काठमाडौंको सितापाइलामा एक दम्पत्तिको हत्या गरेको आरोपमा फरार रहेका व्यक्तिलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । हत्याको आरोपमा सर्लाहीका जय किशोर साहलाई आईतबार प्रहरीले बाँके जिल्लाबाट पक्राउ गरेको हो ।
कान्तिपुर मिलका सञ्चालक मोरङ डाँगीहाटका ४५ वर्षीय नातीकाजी सुवेदी र उनकी श्रीमती ४४ वर्षीय सानु सुवेदीको २०६३ पौष २० गते हत्या गरिएको थियो ।
उक्त हत्यामा सर्लाहीका जय किशोर साह र बाँकेका प्रताप रानाले धारिलो हतियार प्रहार गरी ती दम्पत्तिको हत्या गरेर फरार रहेको प्रहरीको भनाई रहेको छ । साहलाई पक्राउ गरी आवश्यक प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

Advertisement