चैत २०, काठमाडौं ।
भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ४६६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड २३ लाख ३ हजार १३१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ लाख १४ हजार ६९६ पुगेको छ । आज थप ४६९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म भारतमा १ लाख ६३ हजार ३९६ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा ५० हजार ३५६ जना संक्रमित संक्रमण मुक्त भएका छन् । संक्रमण बढ्दै जाँदा केन्द्र र राज्य सरकारहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् । केही स्थानमा लकडाउन लागू गरिएको छ । भारतमा बिहीबारबाट ४५ वर्षभन्दा माथि उमेर समूहलाई भ्याक्सिन दिन सुरु गरिएको छ । भ्याक्सिन दिने क्रम बढेपनि संक्रमितको संख्या बढ्दै गएसँगै स्वास्थ्य प्रोटोकल पालना गर्न आग्रह गरिएको छ ।


