March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

हस्पिटालिटीको नयाँ प्रोटोकल सम्बन्धि अनलाइन प्रशिक्षण सम्पन्न

हस्पिटालिटीको नयाँ प्रोटोकल सम्बन्धि अनलाइन प्रशिक्षण सम्पन्न

असार २९, काठमाडौं ।
ग्लोकल कम्युनिकेसन र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा सञ्चालन गरेको सुरक्षा र सरसफाई प्रोटोकल सम्बन्धि २ दिने अनलाईन प्रशिक्षण सम्पन्न भएको छ ।

सुरक्षा र सरसफाई प्रोटोकलको बारेमा होटल, ट्राभल एण्ड टुरिज्म उद्योगका सदस्यहरुमा जागरूकता जगाउने लक्ष्यका साथ सञ्चालन गरिएको ग्लोकल अफ्टर स्कूलले जनाएको छ ।
प्रशिक्षण होटल, ट्राभल र टूरिजम उद्योगका सदस्यहरूलाई सरसफाइ तथा सुरक्षा प्रोटोकलको बारेमा जानकारी गराउने लक्ष्यका साथ प्रशिक्षण शुरु भएको थियो । अहिलेको महामारीक अवस्थामा रही कसरी आफ्नो व्यवसायलाई सुरक्षित रुपमा सुचारु गर्न सकिन्छ भन्ने विषयलाई लक्षित गर्दै प्रशिक्षणको सञ्चालन गरिएको थियो ।

Advertisement