कपिलवस्तुमा झडप हुँदा एकजनाको ज्यान गयो ः कर्फ्यू जारी
२०७६ कार्तिक १४
कपिलवस्तु । लक्ष्मी पूजाको विधिवत् समापनका लागि लक्ष्मीको मूर्ति विसर्जन गर्ने विषयमा तनाव उत्पन्न हुँदा कपिलवस्तुमा प्रहरीको गोली लागेपछि एक जनाको मुत्यू भएको छ । मुत्यू हुनेमा स्थानीय कृष्णनगर नगरपालिका वडा नं २ का २० बर्षिय सुरज पाण्डेय रहेका छन् ।
बुधबार साँझदेखि सुरु भएको विवादले विहिबार विहान उग्र रुप लिएको हो । लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने विषयमा हिन्दू समुदाय र मुस्लीम समुदायबीच झडप भएको र झडप भएपछि कपिलवस्तुको कृष्णनगरमा आज बिहान ११ बजे देखी कृष्णनगर भन्सार कार्यालय देखी उत्तर तर्फ ७०० मिटर , पश्चिम तर्फ ७०० मिटर र पूर्व तर्फ ३०० मिटर क्षेत्र भित्र अनिश्चितकालिन कर्फंयु आदेश जारी गरेको छ ।
मूर्ति विसर्जन गर्ने क्रममा कुन बाटो हिँड्ने भन्ने विषयलाई लिएर स्थानीय दुई समुदायबीच विवाद भएको थियो ।
प्रतिकृया दिनुहोस्