Banijya News

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

1
1.1K Shares

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएको छ । बैंकले मंसिर २८ गते १७ औं वार्षिक साधारण सभा डाकेको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ९ बजेदेखि शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १ प्रतिशतका दरले बोनस सेयर र कर सहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते बुधवार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जस अनुसार, आज मंगलवारसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने छ । यस्तै सभाले लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

1

Scroll to Top