साताको तेस्रो दिन मंगलवार नेपाली बजारमा सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज १ लाख २० हजार ५ सय रूपैयाँमा कारोवार भइरहेको छ।
त्यस्तै, तेजाबी सुन १ लाख १९ हजार ९ सय रूपैयाँमा कारोवार भइरहेको छ।
सोमवार छापावाल सुन १ लाख १९ हजार ९ सय रूपैयाँमा कारोवार भएको थियो ।
यता, आज चाँदीको मूल्य १० रूपैयाँले बढेको छ। सोमबार प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोवार भएको चाँदी आज १४ सय ८५ रूपैयाँमा कारोवार भइरहेको छ।


