Banijya News

सुन–चाँदीको मूल्य स्थिर

1
1.1K Shares

साताको दोस्रो दिन सोमवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको हो ।

आइतवार छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ६५० रुपैयाँमा कारोवार भएको थियो।

आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ४३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४३० रुपैयाँमै किनबेच भएको थियो।

1

Scroll to Top