Banijya News

सुन–चाँदीको मूल्यमा गिरावट, कतिमा हुदैछ किनबेच ?

1
1.1K Shares

साताको पाँचौ दिन बिहीवार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २०० सयले घटेर प्रतितोलाको १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको हो । त्यस्तै, तेजावी सुनको मूल्य १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ ।

बुधवार छापावल सुनको मूल्य १ लाख १२ हजार ४ सय रुपैयाँ रहेको थियो भने तेजावी सुनको मूल्य १ लाख ११ हजार ८५० रुपैयाँ रहेको थियो ।

साथै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर १४ सय २५ रुपैयाँ कायम भएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोवार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९३४.८७ डलरमा कारोवार भइरहेको छ भने चाँदी प्रतिऔँस २३.६४ डलरमा कारोवार भइरहेको छ ।

1

Scroll to Top