आज २०८० साल माघ ११ गते बिहीबार तदनुसार सन् २०२४ जनवरी २५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ६० पैसा र बिक्री दर १४५ रुपैयाँ २६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १४ पैसा र बिक्री दर १६९ रुपैयाँ ९० पैसा रहेको छ।
त्यस्तै, मलेसियन रिंगिट १ को खरिदमूल्य २८.०५ र बिक्री २८.१७ रुपियाँ, कोरियन वन १०० को खरिद ९.९५ र बिक्री ९.९९ रुपियाँ, स्विडिस क्रोनर १ को खरिद १२.७२ र बिक्री १२.७७ तथा डेनिस क्रोनर १ को खरिदमूल्य १९.३९ र बिक्रीमूल्य १९.४८ रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
बिहीबारका लागि हङकङ डलर १ को खरिददर १६.९७ र बिक्रीदर १७.०५ रुपियाँ, कुबेती दिनार १ को खरिददर ४३१.३६ र बिक्रीदर ४३३.३१ रुपियाँ तथा बहराइन दिनार १ बराबर खरिद ३५२.०१ र बिक्री ३५३.६० तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


