साताको तेस्रो दिन सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेर एक लाख १७ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज तेजावी सुन तोलाको एक लाख १७ हजार चार ५० रुपैयाँ कायम भएको छ।
यता, सुनको मूल्यमा गिरावट आए पनि आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रुपैयाँ छ । हिजो सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।


