Banijya News

घट्यो इन्धनको मूल्य, नयाँ मूल्य कति ?

1
1.1K Shares

नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुनेगरी इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटरको ३ रुपैयाँका दरले मूल्य घटाएको हो ।

इण्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाएपछि स्वचालित मूल्यअनुसार निगमले मूल्य घटाएको हो ।

नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६४.५०, दोस्रो १६६ र तेस्रो वर्गमा १६७ रुपैयाँ पर्नेछ । त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १५४.५०, दोस्रो वर्गमा १५६ र तेस्रो वर्गमा १५७ रुपैयाँ प्रतिलिटर पर्ने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ।

May be an image of text

1

Scroll to Top