साताको तेस्रो दिन मंगलवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ५०० रुपैयाँ मूल्यले बढेर तोलामा १ लाख १३ हजार रुपैयाँ कायम हो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम छ ।
सोमवार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो ।
यता,चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तोलामा ५ रुपैयाँले बढेसँगै आज उक्त मूल्यमा चाँदीको कारोवार भएको हो । सोमवार चाँदीको कारोवार मूल्य १४ सय ५ रुपैयाँ कायम छ ।


