Banijya News

कुमारी बैंकको ४ हजार ७१८ कित्ता संस्थापक सेयर बिक्रीमा

1
1.1K Shares

कुमारी बैंक लिमिटेडले डिल बहादुर वंशी मगरको नाममा रहेका ४ हजार ७१८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले विद्यमान संस्थापक सेयरधनीलाई यस अघि नै ३५ दिने सूचना प्रकाशित गरिसकेको छ । सो समयमा कुनै पनि संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको आवेदन नपरेको भएर अन्य व्यत्तिल तथा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरु लगायत अन्य जोकोहीले सूचना प्रकाशित मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रिार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं, नक्साल वा बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा आइपुग्ने गरी खरिद गर्न चाहेको सेयर विवरण खुलाई आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

साथै संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्तीलाई बिक्री गर्ने प्रकिया अगाडि बढाइने समेत सूचनामा उल्लेख गरिएको छ ।

 

1

Scroll to Top