नेपाल राष्ट्र बैंकले मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज अमेरिकी डलरको मूल्य एकको खरिद दर १३२ रुपैयाँ १० पैसा र बिक्री दर १३२ रुपैयाँ ७० पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ९५ पैसा र बिक्री दर १४५ रुपैयाँ ६१ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६३ पैसा र बिक्री दर ८७ रुपैयाँ ०२ पैसा रहेको छ ।
यस्तै, बेलायती पाउण्ड आज एकको खरिद दर १६८ रुपैयाँ १६ पैसा र बिक्री दर १६८ रुपैयाँ ९३ पैसामा कारोबार भइरहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १३ पैसा र बिक्री दर ३६ रुपैयाँ २९ पैसा रहेको छ ।
यता, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ९८ पैसा र बिक्री दर २९ रुपैयाँ ११ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ २१ पैसा र बिक्री दर ३५ रुपैयाँ ३७ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा छ भने बिक्री दर १० रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


