Banijya News

इजरायलमा १२ विद्यार्थी सम्पर्कविहीन

1
1.0K Shares

सदनमा परराष्ट्रमन्त्री साउदले भने– इजरायलमा १२ विद्यार्थी सम्पर्कविहीन भएका छन् । परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा रहेका १२ नेपाली सम्पर्कविहीन भएको जानकारी दिएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा हाल चर्की रहेको इजरायल घटनाबारे जानकारी गराउँदै सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरू सम्पर्कविहीन भएको बताए ।

आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘नेपाली राजदूतावास प्राप्त अपडेटअनुसार यो स्थान गाजा क्षेत्रनजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भीर आक्रमण भएकाले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीमध्ये २ जना सकुशल रहेको, ३ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति एकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ।’

1

Scroll to Top