माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओमा आवेदन भर्ने आज २२ गते सोमवार अन्तिम दिन रहेको छ । इच्छुक लगानीकर्ताहरुले आईपीओका लागि आज कार्यालय समयभित्र आवेदन दिन सक्ने छन् ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा १५ करोड रुपियाँ बराबरको १५ लाख कित्ता आइपीओ जारी गरेको हो ।
सअघि नै १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँट भएको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २ सय कित्तासमेत थप गरेर १२ लाख ८४ हजार २ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयर १ लाख २८ हजार ४ सय २० जनाले १०–१० कित्ता पाउने छन् ।
सानिमा समूह अन्तर्गतको कम्पनीले रसुवामा १४।३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको जनाएको छ ।


