नेपाल राष्ट्र बैंकले १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको सोमवार ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो।
उक्त ट्रेजरी नयाँ नभएर पुरानै नवीकरण गर्न लागिएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् ।
बैंकका अनुसार ९१ दिने ट्रेजरीका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ भने १८२ दिनेका लागि ६ अर्ब ४६ करोड रुपैयाँ र ३६४ दिने ट्रेजरीका लागि ३ अर्ब रुपैयाँ छुट्याइएको छ । आज बोलकबोल हुने ट्रेजरी मंगलबार असोज २३ गते बिक्री गरिनेछ ।


