Banijya News

कुमारी बैंकले कात्तिक २ गतेदेखि १० प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

1
1.0K Shares

कुमारी बैंक लिमिटेडले कात्तिक २ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा १० वर्ष अवधि भएको ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ निष्काशन गर्न लागेको हो ।

कुमारी बैंकले आकर्षक ब्याजदरमा ऋणपत्र जारी गर्ने भएको छ । बैंकले आगामी कात्तिक २ गतेदेखि १ हजार रुपैयाँ दरका ५० लाख इकाई अर्थात् ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो । कूल निष्काशित ऋणपत्र मध्ये, ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य सङ्घसंस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गरिनेछ । सो मध्ये ५ प्रतिशत अर्थात् १ लाख इकाई भने सामूहिक लगानी कोषलाई छुट्याएको बैंकले जनाएको छ ।

इच्छुक लगानीकर्ताहरुले कम्पनीको डिभेन्चरका लागि कात्तिक १२ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने कात्तिक १६ गतेसम्म खुला रहने बैंकले जनाएको छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । कम्पनीको डिवेन्चर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट रहेको छ ।

1

Scroll to Top