Banijya News

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै

1
1.0K Shares

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ८ वर्षे विकास ऋणपत्र २०८८ ‘घ’ बिक्री गर्ने भएको हो ।

उक्त विकास ऋणपत्र बोलकबोल प्रक्रियाबाट निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण नागरिकले यो विकास ऋणपत्र खरिद गर्न पाउनेछन्।

असोज २५ गतेका दिन बोलकबोल हुने ऋणपत्र असोज २६ गते निष्काशन गरिने राष्ट्र बैंकले जनाएको छ ।

1

Scroll to Top