Banijya News

आय विवरण पेस गर्ने म्याद थप

1
1.0K Shares

अन्तरिक राजस्व विभागले आय विवरण पेस गर्ने मिति थप गरेको छ। आय विवरण भर्ने मिति असोज मसान्तसम्म रहेकोमा करदाताको असुविधालाई ध्यानमा राख्दै म्याद थप गरिएको हो।

विभागले सूचना जारी गर्दै करदाताको प्रकृति अनुसार म्याद थप गरिएको जनाएको छ। आयकर ऐन अनुसार कर कार्यालयहरुले थप सयम दिन पाउने व्यवस्था छ। आय विवरण दाखिला गर्दा प्रणालीमा पर्न जाने चापले करदातालाई असुविधा भैरहेको छ।

त्यसलाई मध्यनजर गर्दै ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयमा दर्ता रहेका करदाताको मिति पुस मसान्त सम्म थप भएको छ। तर अन्य कर कार्यालयमा दर्ता रहेकाले म्याद थप माग गरेको पहिलो पटक मंसिर मसान्त सम्म र त्यो समेत अवधी नाघेमा त्यसको अवस्था हेरे म्याद थप हुने छ।

1

Scroll to Top