बिहीवार नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार बिहीवार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८१ पैसा र बिक्री दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १४० रुपैयाँ ८३ पैसा र बिक्री दर १४१ रुपैयाँ ४७ पैसा छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ २४ पैसा र बिक्री दर ८५ रुपैयाँ ६३ पैसा पुगेको छ ।
यता बेलायती पाउण्ड आज एकको खरिद दर १६३ रुपैयाँ २० पैसा र बिक्री दर १६३ रुपैयाँ ९३ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको छ ।
अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४१ पैसा र बिक्री दर ३५ रुपैयाँ ५७ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९१ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


