Banijya News

सिद्धार्थ बैंक र उपाय बिजनेश सोलुशन्स बिच भयो व्यवसायिक सम्झौता

1
1.0K Shares

सिद्धार्थ बैंक लिमिटेड र उपाय बिजनेश सोलुशन्स बिच बैंकको ग्राहकका आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमीहरूलाई (एमएसएमई) सहयोग गर्ने सम्झौता भएको छ ।

यस साझेदारी अन्तर्गत, बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय बिजनेश सोलुशन्सको सेवा लिने छन् । यसबाहेक, उपायले व्यवसायिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्यक बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउनेछ । साथै उपायले बैंकका कर्मचारीहरुलाई व्यवसायिक/ वित्तीय व्यवस्थापनमा क्षमता वृद्धि गर्न पनि मद्दत गर्नेछ ।
सिद्धार्थ बैंक, (एमएसएमई) बैंकिङ प्रमुख प्रदिप पन्त तथा उपाय बिजनेश सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

साझेदारीको बारेमा बोल्दै, सिद्धार्थ बैंक, (एमएसएमई) बैंकिङ प्रमुख, प्रदिप पन्तले भन्नुभयो , “सिद्धार्थ बैंक लघु, साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेको छ । हामी हाम्रो ग्राहकहरु र बैंकको दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीहरुलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र देशको कानून र नियमको पालना गर्न मद्दत गर्दै आएका छौ । हामीलाई आशा छ कि यो साझेदारीले लघु, साना तथा मझौला उद्यमीहरुको वित्तीय व्यवस्थापन पूर्णता प्रधान गर्नेछ ।”

उपाय बिजनेश सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले भन्नुभयो , “सिद्धार्थ बैंक लिमिटेडसँगको सहकार्यले उद्यमीहरूलाई निकै फलदायी हुनेछ ।” उहाँले अगाडि भन्नुभयो “उपायले कर्जा सम्बन्धी सेवाहरू बाहेक वित्तीय व्यवस्थापन, कानूनी, कर व्यवस्थापन सम्बन्धी व्यवसायिक सेवा प्रदान गरेर बैंकका विभिन्न ग्राहकहरूलाई मार्गदर्शन र मद्दत गर्न सक्षम भएको छ र यो साझेदारीले पनि थप मद्दत पुर्याउनेछ ।”

 

 

1

Scroll to Top