कुमारी बैंक लिमिटेडले ९७ हजार १५० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । बुधवार ३५ दिने सूचना जारी गर्दै कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको जानकारी दिएको हो ।
इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा सेयर रजिष्ट्रारको कार्यालय नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ । बैंकले विभिन्न पाँच सदस्यको नाममा रहेको यी सेयर विक्री गर्न लागेको हो।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री प्रक्रिया अघि बढाईने जानकारी समेत बैंकले दिएको छ ।


