Banijya News

सोमबारको तरकारी तथा फलफुलको मूल्य कति?

1
1.1K Shares

तपाई तरकारी किन्न बजार जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने कति छ आजको तरकारी तथा फलफुलको मूल्य बुझेर जानुस् ।

साताको दोस्रो दिन कालिमाटी फलफूल तथा तरकारी विकास समितिले तरकारी तथा फलफुलको मूल्य निर्धारण गरको छ ।
समितिले तोकेको मूल्यअनुसार आज भारतीय ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो ४० र अधिकतम ५० रुपैयाँ छ। यस्तै,नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो ४० र अधिकतम ५० रुपैँया रहेकोे छ।

यसैगरी, रातो आलुको न्यूनतम मूल्य प्रतिकिलो ३४ र अधिकतम ३६ रुपैयाँ छ। भारतीय रातो आलुको मूल्य भने केही सस्तो छ। भारतीय रातो आलुको मूल्यको न्यूनतम मूल्य प्रतिकिलो ३० रुपैयाँ र अधिकतम ३२ रुपैयाँ तोकिएको छ।

यस्तै,भारतीय सुकेको प्याजको न्यूनतम मूल्य प्रतिकिलो ९० र अधिकतम ९५ रुपैयाँ छ। चिनियाँ सुकेको प्याजको न्यूनतम मूल्य ६० रुपैयाँ र अधिकतम ६५ रुपैयाँ छ। स्थानीय काउलीको न्यूनतम मूल्य प्रतिकिलो २५ र अधिकतम ३५ रुपैयाँ निर्धारण गरेको छ।

 

1

Scroll to Top