तपाई तरकारी किन्न बजार जाँदै हुनुहुन्छ ? जाँदै हुनुहुन्छ भने कति छ आजको तरकारी तथा फलफुलको मूल्य बुझेर जानुस् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
समितिका अनुसार आज भारीय सुकेको प्याजको अधिकतम मूल्य प्रतिकिलो ९० देखि १०० तोकेको छ।यस्तै, गोलभेँडा ठूलो (नेपाली) किलोको ६० रुपैयाँ , लोकल गोलभेँडा सानो प्रतिकिलो १४ रुपैयाँ २५ पैसा, रातो मुला १२ रुपैयाँ ५० पैसा, मकै बोडी ६५ रुपैयाँ, भन्टा लाम्चो ३५ रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ ।
त्यसैगरी, लोकल बन्दा ३५ रुपैयाँ, लोकल गाजर किलोको ४५ रुपैयाँ,स्थानीय काउली २५ रुपैयाँ, रातो आलु ३६ रुपैयाँ प्रति किलो मूल्य तोकिएको छ ।


