Banijya News

घट्यो तरुलको मूल्य, कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ? (सूचीसहित)

1
1.0K Shares

माघेसंक्रान्ति नजिकिदै गर्दा बजारमा तरूल सखरखण्डको माग उच्च देखिएको छ । यही समय तरुलको मूल्यका १० रुपैयाँले कमि आएको छ । हुने भएपनि भाउ घटेको हो। काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको निर्धारण गर्दा तरूलको भाउ ६० देखि ७० रूपैयाँ प्रतिकिलो तोकेको छ । तरूलको भाउ ७० देखि ८० रूपैयाँ प्रतिकिलो थियो। आज सखरखण्ड पनि ६० देखि ७० रूपैयाँ प्रतिकिलो भाउ तोकिएको छ। सखरखण्ड पनि हिजो ७० देखि ८० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको थियो ।

आज अरू तरकारी तथा फलफूलको भाउ सामान्यतया स्थिर नै छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ र गोलभेँडा सानो लोकलकोृ १५ रुपैयाँ कायम भएको छ । यसैगरी आलु रातोको २५, प्याज सुकेको भारतीयको ८५, प्याज सुकेको चाइनिजको ६५, काउली स्थानीयको ३५, लौकाको ७० रुपैयाँ कायम भएको छ । यस्तै पिँडालुको ८०, तरुलको ७०, अनारको ३००, केरा (दर्जन) को १४० रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।

null

1

Scroll to Top