Banijya News

जीर्ण उद्योग पिपिपी मोडलमा नचलाए सरकारको लगानी व्यर्थ हुन्छ : मन्त्री रिजाल

1
1.0K Shares

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जीर्ण तथा बन्द उद्योगलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चालन गर्नुपर्ने बताएका छन्। हेटौँडामा उद्योग सङ्घ मकवानपुरको २२औँ साधारणसभा एवं अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री रिजालले बन्द तथा जीर्ण उद्योग पिपिपी मोडलमा सञ्चालन नगर्ने हो भने सरकारको लगानी व्यर्थ हुने उनको भनाइ थियो।

मन्त्री रिजालले औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको बताउँदै राज्यलाई गाली गरेर मात्र समृद्धि नआउने बताए। मन्त्री रिजालले हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले नेपाली सेनासँग सहकार्यको तयारी रहेको जानकारी दिए। उद्योगसम्बन्धी समस्या समाधानका लागि ऐन, कानुनलई समयसापेक्ष बनाउनका लागि परिमार्जन आवश्यक रहेको उनकाे भनाइ थियो।

सरकार आवश्यक नीति, नियम तर्जुमा गर्ने, लगानीको वातावरण बनाउने, औद्योगिक सुरक्षाको प्रत्याभूति दिने, सरोकारवाला निकायबीच समन्वय गर्ने/गराउने, करमा सहुलियत दिने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीतिसहित अघि बढेको उनकाे भनाइ छ।

कार्यक्रममा नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले उद्योगी–व्यवसायीलाई लगानीको वातावरण तयार गरिदिनुपर्नेमा जोड दिए। हालको परिस्थितिमा उद्योगी निराश बनिरहेकाले सरकारले उद्योगीलाई निर्यातमुखी उत्पादनमा प्रोत्साहन गर्नुपर्ने बताए।

1

Scroll to Top