Banijya News

अर्थ मन्त्रालयले दियो आईपीओ निष्कासन गर्न प्राधिकरणलाई सहमति

1
1.0K Shares

आईपीओ निष्कासन गर्ने नेपाल विद्युत प्राधिकरणलाई अर्थ मन्त्रालयले दियो सहमति दिएको छ । हालसम्मकै सबैभन्दा ठूलो आईपीओ निष्कासन गर्ने तयारी गरेको प्रधिकरणलाई रु.६० अर्ब रुपैयाँबराबरको आईपीओ निष्कासनका लागि अर्थमन्त्रालयले सहमति दिएको हो । अर्थ मन्त्रालयको सहमतिपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने तयारी गरेको छ ।

कुल नेटवर्थको दुई गुणासम्म प्रतिशेयर मूल्य कायम गरी प्रिमियम मूल्यमा हाललाई प्रस्तावित अधिकृत पूँजीको १० प्रतिशतसम्म सर्वसाधारणलाई शेयर जारी गर्न ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषदमा स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरिएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङले सो निर्णय यही पुस १९ गते ऊर्जा मन्त्रालयमा पेस गरेका थिए ।

संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा बिक्री गर्ने तयारी गरिएको हो । गत मङ्सिर २५ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस सम्बन्धी आवश्यक निर्णय गरेको थियो । सञ्चालक समितिले अर्थ मन्त्रालयबाट प्राधिकरणको अधिकृत पूँजी रु तीन खर्ब कायम गर्न सहमति भएकाले ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषदमा स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेको छ । प्राधिकरणको सेयरको बुक भ्यालु १२५ सोही मूल्यबराबरको प्रिमियम रकम थप गरी प्रतिकित्ता २५० रुपैयाँमा आईपीओ निष्कासन गर्ने प्रस्ताव गरिएको छ ।

प्राधिकरणको हाल अधिकृत पूँजी रु एक खर्ब २५ अर्ब बराबर छ । प्राधिकरणले ‘डबल ए प्लस क्रेडिट रेटिङ’ पाएको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ ।

1

Scroll to Top